बाँके । बाँकेमा होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका छन् । कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन् । कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
२०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !