मोरङ । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । आज दिउसो ११ बजे केराबारी ८ स्थित जंगलमा को१त ५८४९ नम्बरको ट्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी घाईते गम्भिर घाईते भएका थिए ।
उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो पौने १२ बजे मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यस्तै आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने-केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को१ख ६५४७ नम्बरको टिफरले बिपरित दिशाबाट आएको स३प ६३०३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डागिहाट का २६ बर्षीय सुरेश कुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा दिउसो साढे २ बजे मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार झापा धरमपुर घर भई बेलबारी ११ लक्ष्मीमार्ग का ३४ बर्षीय रुपेश अधिकारी समेत घाईते भई सोही अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेको सो कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !