काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ । कमिटीको दोस्रो बैठक आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।बैठकमा पार्टीमा गुटबन्दी गरेको आरोप लागिरहेको माधव नेपाल तथा झलनाथ खनाल समूहका ३२ सांसदबारे निर्णय गरिने बताइएको छ ।
यसअघि नै उनीहरुलाई अध्यक्ष ओली समूहको एकलौटी बैठकले स्पष्टीकरण सोधेको थियो । सो बारे आजको बैठकमा थप छलफल तथा विश्लेषण गरेर निर्णय लिइने जनाइएको छ । एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आजको बैठकमा नेताहरुको कार्यविभाजन, स्पष्टीकरण सोधिएका नेताहरुले दिएका जवाफलगायत विषयमा छलफल हुने जानकारी दिनुभएकाे छ ।
जको बैठक वैशाख ६ गतेकै बैठककाे निरन्तरता भएको उहाँको भनाइ छ । ६ गतेको बैठकले माधव-झलनाथ समूहका प्रतिनिधिसभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सबै नेताहरुले स्पष्टीकरण बुझाइसकेका छन् । क्त स्पष्टीकरणको सो समूहले दिएको जवाफबारे समेत बैठकमा छलफल हुने र आवश्यक निर्णय लिइने बताइएको छ ।
चित्तबुझ्दो जवाफ नआए कारबाही गर्ने अध्यक्ष ओलीले यसअघि नै बताउनुभएकाे थियाे र त्यसका लागि तयारी समेत भइरहेकाे जनाइएकाे छ । आफूहरुमाथि कारबाही गरेर सांसद पद खोस्न खोजेको भन्दै माधव-झलनाथ समूहले हिजो सर्वोच्च अदालतमा रिट निवेदनसमेत दर्ता गराएको छ ।

















