काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता वामदेव गौतमसँग भेटेका छन् । प्रधानमन्त्री निवासमा दुई नेताबीच करिब आधा धन्टा लामो छलफल भएको हो ।

निवासमा दुवै नेताले सगँै खाना समेत खाएका थिए । एमालेको एकता जोगाउन उनले वामदेवलाई भेटेका हुन् । वामदेवले एमालेको ओली तथा माधव नेपाल दुवै पक्षमा छैनन् । सो भेटमा एमालेका सचेतक बिशाल भट्टराई पनि सहभागी थिए ।

















