काठमाडौं । कोरोना भाइरसको पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा वैदेशिक रोजगारीका लागि हिँडेका १७२ जना नेपाली र भारतीय कामदारलाई तीनवटा अन्तर्राष्ट्रिय विमानबाट अफलोड गरिएको छ । उनीहरुले प्रस्तुत गरेको कोभिड–१९ को पीसीआर रिपोर्ट नक्कली भएको आशंकामा उनीहरुलाई अफलोड गरिएको हो ।
अफलोड भएका सबैले मंगलबार अपराध महाशाखाले छापा मारेको सुरिया हेल्थ केयरबाट पीसीआर रिपोर्ट लिएका थिए । विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बास्तोलाले खाडीका विभिन्न देशमा जान एयर अरेबिया, एयर दामन र एयर जजिरामा चढिसकेका यात्रुहरुलाई अफलोड गरिएको बताए । अधिकांश वैदेशिक रोजगारमा जाने रहेका पाइएकाले पनि अनुसन्धानका लागि विमानस्थल पहिलो थमिकतामा परेको थियो ।
पक्राउपर्ने सबै त्यही हेल्थकेयरको रिपोर्ट बोकेर पुगेका थिए ।प्रहरीले मङ्गलबार सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालीबाट जारी भएका स्वाब सङ्कलन तथा परीक्षण नै नगरी पिसिआर टेष्ट नेगेटिभ भनी उल्लेख भएका चार थान रिपोर्ट फेला पारेको थियो । त्यसपछि नक्कली धन्दा बाहिर आएको हो । यसअघि पनि पटकपटक यस्तो सुनिएको र केहीलाई प्रहरीले पक्राउ गरेको भए पनि यती धेरैमात्रामा गिरोह सक्रिय छन् भन्ने कुरा भने बल्ल मात्रै बाहिर आएको प्रहरीले जनाएको छ । उक्त समूहले यसअघि पनि धेरैलाई यसैगरी नक्कली काम गरेर पैसा असुलेको प्रहरीको आशङ्का छ ।
नक्कली धन्दामा सहभागी भएका झापा गौरादह घर भई हाल पेप्सीकोला बस्ने वर्ष ४५ का प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझी, सप्तरीका प्रमोदकुमार यादव, महोत्तरी गौशालाका प्रदीपकुमार गिरी, महोत्तरीकै अमनकुमार यादव, मोरङको विराटनगरका वजेश पोख्रेल, महोत्तरीका बादल मिरिङ थिङ, दोलखा वैतेश्वरी घर भइ चाबहिल बस्ने वर्ष २२ का सरोज क्षेत्री, सप्तरी मध्यपुराका डा खेलानन्दप्रसाद सिंहलाई पक्राउ गरी अनुसन्धान जारी रखिएको छ ।प्रहरीले रिपोर्ट बनाउन प्रयोग हुने कम्प्युटरलगायतका उपकरणसमेत नियन्त्रणमा लिएको छ । थप अनुसन्धान कार्यका लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुका प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गराइएको छ ।
विमानस्थल प्रहरीका अनुसार एयर अरेबियाका ५४ जना, जजिरा एयरका ३६ जना, सलाम एयरका ३२ जना गरी एक १२२ जनालाई अफलोड गरिएको हो । जसमध्ये नेपाली यात्रुको संख्या ७२, भारतीय नागरिक ४९ र पाकिस्तानी नागरिक १ जना रहेका छन् । बाँकीलाई पनि विमानस्थल परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यले जानकारी दिए । उनीहरुले सरकारले तोकेभन्दा अत्यधिक रकम लिई स्वाबको नमूना समेत नलिई एक/दुई घण्टाभित्र नै नक्कली पीसीआर रिपोर्ट दिने गरेका थिए ।
सोही सूचनाको आधारमा मंगलबार दिउँसो हेल्थकेयरबाट जारी भएका स्वाब संकलन तथा परीक्षण नै नगरी पीसीआर टेस्ट नेगेटिभ भनी उल्लेख भएका ४ थान नक्कली परीक्षण रिपोर्टसहित आठ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा व्यवस्थापन प्रमुख सप्तरीका ललितपुर धापाखेल बस्ने खेलानन्द प्रसाद सिंहसहित झापाका चित्र बहादुर रायमाझी, सप्तरीका ललितपुर बस्ने प्रमोद यादव, महोत्तरी गौशालाका प्रदीप गिरी, महोत्तरीकै सिनामंगल बस्ने अमन यादव, मोरङका अनामनगर बस्ने वजेश पोख्रेल, महोत्तरीका बानेश्वर बस्ने बादल मिरिङ छिङ, दोलखाका चाबहिल बस्ने सरोज क्षेत्री छन् ।उनीहरुलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कम्प्यूटर लगायतका उपकरण समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबारमा सुरिया हेल्थकेयर प्रालिको सेवा हाललाई बन्द गरिएको प्रहरीको भनाइ छ । प्रारम्भिक अनुसन्धानबाट खुल्न आएअनुसार मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका एजेन्टहरुले सेवाग्राहीसँग पीसीआर परीक्षण शुल्क प्रतिव्यक्ति नौ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयर प्रालिसँगको मिलेमतोमा विना स्वाब परीक्षण नै नक्कली रिपोर्ट बनाइदिने गरेको बुझिएको छ ।
“कोरोना परीक्षणको पिसिआर रिपोर्ट घण्टाघण्टामा बन्न कसरी सम्भव छ, सक्कली हो कि नक्कली हो हेर्नुप¥यो”, एक व्यक्ति महानगरीय अपराध महाशाखामा पुगे । उक्त शङ्कास्पद कुरा सुनेपछि महाशाखाको ध्यानाकर्षित भयो । प्रहरीले तत्कालै विशेष टोली तयार पारेर अनुसन्धानमा खटायो । खटाएको एक हप्ताको अपरेशनमा कैफियत फेला परेपछि मङ्गलबार प्रहरीले काठमाडौँको सिनामङ्गलबाट आठ जनालाई पक्राउ ग¥यो । उक्त नक्कली धन्दामा सुरिया हेल्थकेयर प्राली र मेरिट मल्टिकेयर मेडिकल सेन्टर संलग्न रहेको पाइएयो । “उनीहरुले होटल, घरमा पिसिआर रिपोर्ट डेलिभरि गर्ने गरेका रहेछन्, छिटो बनाउन बार्गेनिङ गर्ने, छिटो बनाइदिन आग्रह पनि गर्ने रहेछन्”, महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुबेर खापुङले भने, “त्यसपछि डेढ÷दुई घण्टामा रिपोर्ट बोकेर घरमै पुग्दा रहेछन् ।”एक हप्ताको अनुसन्धानले उनीहरुको गतिविधि पुष्टि भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !