काठमाडौं । अनुसन्धानको लागि हिरासतमा राखिएका बेला हत्कडीसहित भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतीय राज्य बिहारको समस्तीपुर जिल्लाको पटौरी घर भएका १८ वर्षीय सुजित कुमार गुप्ता नाम बताउने अन्नि कुमार साह छन्।
साह गत असोज २ गते महानगरीय प्रहरी बृत्त कालिमाटीको हिरासतबाट ३ थान हत्कडीसहित भागेका थिए।

















