काठमाडौं । नेपाल प्रहरीका ‘पत्रकार’ का रुपमा परिचित प्रहरी निरीक्षक (इन्स्पेक्टर) रोशन थापा वाग्मती प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै आएकाले थापालाई चैत महिनाको उत्कृष्ट प्रहरीको रुपमा सम्मानित गरिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख वसन्त कुमार लामाले जनाएका छन् ।

