Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल कम्युनिस्ट पार्टी एमाले दुई टुक्रा हुने स्थितिमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । दुई नेताबीच बुधबार साँझ झण्डै दुई घण्टा मेरियट होटलमा वान अन वान वार्ता भएको थियो ।

यसअघि गत कात्तिक २३ गते एक्लाएक्लै छलफल गरेका ओली र नेपाल गत चैत १ गते पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल तिक्ततापूर्वक सकिएपछि यी दुई समूह आआफ्नो बाटो लागेका थिए । २७ नेतालाई सांसद पदबाट किन ननिकाल्ने भनेर पत्र काटेको भोलिपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका हुन् । भेट पूर्वनिर्धारित भने थिएन , आकस्मिक रुपमा तय भएको हो ।

बुधबार बिहान नेपाल समूहमा रहेका योगेश भट्टराई बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए । उनले पार्टी एकता जोगाउनुपर्ने भन्दै पार्टी अध्यक्ष भएको नाताले विगतका तीतामीठा बिर्सिएर अग्रसरता लिन ओलीलाई आग्रह गरेका थिए । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घण्टा चलेको छलफलमा भने नेपालले पार्टी जोगाउन ओलीसँग अनुरोध गरे ।

छलफलमा सुरुको एक घण्टा ओलीमात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेता नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका थिए । भेटका लागि चाँजोपाजो मिलाउन अर्थमन्त्री विष्णु पौडेल र आर्थिक सल्लाहकार मोती दुगड हुन् । ओलीविरुद्धको गठबन्धन सरकार बनाउन कांग्रेस, माओवादी केन्द्र र जसपाको एउटा खेमासँगै खनाल–नेपालको पनि सहमति जुटेको थाहा पाएपछि ओली पक्षबाट संवादको वातावरण बनेको हो । प्रधानमन्त्री ओलीले नेपाल पक्षीय सांसदहरूसँग पनि एक–एक गरेर भेटेका थिए । वार्तामा नेता नेपालले २०७५ जेठ ३ अघिको अवस्थाबाट पार्टीलाई फुटबाट जोगाउन सम्भव हुने बताएका थिए ।

जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ओली र नेपाल छुट्टाछुट्टै पार्टीको अभ्यासमा लागे पनि दुवै समूहका केही नेता एमाले कुनै हालतमा फुटाउन नहुने पक्षमा थिए । तिनै नेताहरूबीच भएका बारम्बारका संवादले ओली र नेपालबीचको भेट सम्भव भएको हो । ओलीसित भेट्न जानुअघि नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरूको बैठक भएको थियो जसले पार्टी एकताका लागि आह्वान गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहितका २७ संघीय सांसदलाई संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले स्पष्टीकरण सोधेपछि त्यसबारे धारणा बनाउन स्थायी कमिटी सदस्यहरूको बैठक बसेको हो । बैठकमा स्पष्टीकरणको प्रतिवादसहित जवाफ दिने निर्णयसँगै पार्टी एकताका लागि पहल गर्ने निर्णय भएको थियो । योगेश भट्टराईले प्रधानमन्त्री ओलीसँग बिहान ११ देखि दिउँसो १ बजेसम्म भेटेका थिए । भट्टराईसँग त्यहीं भेट भइरहेका बेला ओलीले नेपाललाई भेट्न प्रस्ताव गर्दै फोन गरेका थिए । सुरुमा ओलीले उनलाई बालुवाटार नै निम्तो गरेका थिए तर नेपालले कोटेश्वर आउन भने । त्यसपछि ओलीले बालकोटमा भेटौं न त भने ।

त्यहाँ पनि नेपालले असहज मानेपछि साँझ ६ बजे होटल मेरियटमा भेटघाट गर्ने सहमति जुटेको थियो । सुरुमा नेकपा विभाजन र त्यसपछि एमालेमा आएको दरारपछि संसद्मा सुविधाजनक बहुमत प्राप्त दल रक्षात्मक अवस्थामा पुगेको एमालेका नेताहरू पछिल्लो समय पार्टीमा हुन सक्ने अन्तर्घातबाट झस्किएका छन् । नेपाल पक्षीयहरूले आगामी सत्ता समीकरणमा कर्णालीजस्तै अरू प्रदेश र केन्द्रमा पनि फ्लोर क्रस गर्न सक्छन् भन्ने ओलीको डर छ । सांसद पद गए पनि जाओस् पार्टी फुटाइहालौं न त भन्ने र अहिले पार्टी फुटाउन हुन्न भन्ने दुई खेमा नेपाल समूहमा पनि स्पष्टै थियो ।

नेपाल समूहका नेताहरुसँग अनौपचारिक संवादमा रहेका ओली समूहका केही नेताहरुले भने पार्टी एकतामा जोड दिंदै आएका छन् ।एकातिर नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेससँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने गृहकार्य गरिरहेको छ । त्यसलाई रोक्न प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा)सँग गरिरहेको वार्ता टुंगोमा पुगेको छैन । तर छिट्टै शुरु हुने संसद अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्छ । ओलीले जुनसुकै बेला सांसद पदसमेत नरहने गरी कारबाही गर्न सक्छन् भन्ने नेपाल पक्षीय नेताहरूको भय पछिल्लो समय व्याप्त छ । यही भयकै कारण बुधबार ओलीको सम्भावित कारबाही रोक्न माग गर्दै नेपालपक्षीय सांसदहरूले सर्वोच्च अदालतमा रिट दिएका छन् ।

  • नेपाल समूह सर्वोच्चमा

नेकपा एमालेको पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सांसद पदबाट हटाउनसक्ने भन्दै माधवकुमार नेपाल समूहका सांसदहरु सर्वोच्च अदालत गएका छन् । उनीहरुले एमाले पुनस्र्थापित भएपछि अध्यक्ष ओलीले गरेका निर्णयहरु बदर गर्न र सांसदबाट नहटाउन आदेश माग गरेका छन् ।

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार माधवकुमार नेपालसहित २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । एमालेको नाम र चिन्ह दुरुपयोग गरी समानान्तर गतिविधि गरेको र त्यो नयाँ दल गठनको आधार भएको भन्दै ओलीले सांसद पदबाट किन पदमुक्त नगर्ने भनेर सोधेका छन् । स्पष्टीकरणको जवाफ दिने तयारीमा रहेको नेपाल समूहले भने सर्वोच्चमा रिट दायर गरेको छ ।

माधवकुमार नेपाल, भीम रावल लगायतका सांसदहरुको तर्फबाट सर्वोच्चमा पुगेको रिटमा आफूहरुमाथि गरिएको कारबाही यथास्थितिमा राख्न र थप कारबाही नगर्न अन्तरिम आदेशको माग गरिएको छ ।अध्यक्ष ओलीले सर्वोच्चको फागुन २३ को फैसलाविपरित पार्टीलाई एकलौटी र अनाधिकृत कब्जा गरी आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद सदस्यबाट निस्कासन गर्न खोजेको रिट निवेदनमा उल्लेख छ ।

फागुन२८ , चैत ७ र वैशाख ६ मा गरेको भनिएको निर्णय, त्यसआधारमा गरिएको र गर्न लागिएको कारबाही, विधान संशोधन लगायतका कारबाही गैरकानूनी र दूराशयपूर्ण भएको दाबी गर्दै त्यसलाई बदर गर्न र सर्वोच्चको फैसला बमोजिम एमाले पार्टी, त्यसको विधान र नवौं राष्ट्रिय हाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई कामकाज गर्न दिन परमादेश माग गरिएको छ ।

गैरकानूनी र अनाधिकृत निर्णयको आधारमा २७ जना प्रतिनिधिसभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको भन्दै नेपाल समूहका नेताहरुले रिटमा भनेका छन्, ‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिषेधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

3 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh