काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको छ। आफूलाई कारबाही गर्ने सूचना पाएपछि मंगलबार अचानक नयाँ बानेश्वरको अर्याल होटलमा डाकिएको नेपाल–खनाल समूहले सोधिएको स्पष्टीकरणको जवाफ चाँडै दिने निर्णय गरेको हो।
ओलीले पठाएको स्पष्टीकरण पत्रमा नेपाल–खनाल समूहका नेताहरुले बेग्लै पार्टीको अभ्यास गरेको आरोप लगाइएको छ। मंगलबार नै अध्यक्ष ओलीले प्रतिनिधि सभाका २७ जना सांसदलाई सोध्नुभएको स्पष्टीकरण व्यक्तिगत रुपमै दिने निर्णय भएको छ ।
नेपाल–खनाल समूहले अध्यक्ष ओलीले सोध्नुभएको स्पष्टीकरणको जवाफ दिनुलाई कानुनी प्रतिरक्षाको रुपमा व्याख्या पनि गरेको छ। एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीका अनुसार कानुनी प्रतिरक्षा र राजनीतिक लडाइँ पनि लडिरहने निष्कर्षमा पुग्यौं ।साथै, जवाफमा आफूहरुले दल नदलेको र अर्को दल नखोलेको प्रस्ट पार्ने बताइएको छ। ुएमालेलाई विधिमा चलाउन र लोकतन्त्रमा त्यस्तो आवाज उठ्नु सामान्य रहेको बैठकको निष्कर्ष रहेको छ ।
साथै, फागुन २८ गते ओली समूहले गरेको निर्णय खारेज गरेर पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउनुपर्ने पनि निर्णय गरिएको छ ।

















