सुनसरी । सुनसरी ईटहरी १२ खनार चोक स्थितमा संचालमा रहेको रिलाईन्स स्पेलिङ मिल्स प्रा.लि. मा आगोलागी हुँदा करोडौको क्षेती भएको छ ।
मंगलबार दिउसो साढे १ बजे सो फ्याक्ट्रीमा रहेको कम्पेशर मिशिन अचानक पडकिएर आगोलागी भएको उक्त आगो ४ वटा दम्कल, प्रहरी, कामदारको सहयोगमा बेलुका ३ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको थियो । उक्त आगोबाट अन्दाजी १० करोड बराबरको क्षेती भएको जनाएको छ ।
सो आगोलागीबाट मानबिय क्षेती नभएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !