काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले पार्किङमा राखेको मोटरसाइकल चोरी गरेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा-४ घर भइ हाल तारकेश्वर नगरपालिका-९ बस्ने २० वर्षीय नमराज अधिकारी र २२ वर्षीय रामचन्द्र अधिकारी , नुवाकोट तादी गाउँपालिका-३ घर भइ हाल तारकेश्वर नगरपालिका वडा-९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।
तारकेश्वर नगरपालिका १० नं. वडा कार्यालय शुभकामना चोकस्थित सडक खण्डमा बास्तबिक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाइ रहेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !