एजेन्सी । भारत में कोभिड–१९ को दोस्रो खतरनाक लहर सुरु भएको छ । भारतको सबै भन्दा धेरै जनसंख्या रहेको राज्य उत्तर प्रदेशमा संक्रमण दर बिनकै बढेको छ । प्रशासनले स्थिती नियत्रणमा भएको दावी गरे पनि परिस्थित निकै फरक छ ।
कम्वल जीत सिंह के ५८ वर्षीय पिता निरंजन पाल सिंहको शुक्रवार अस्पताल चाहार्दा चाहदै एंबुलेंसमै निधन भयो । अस्पतालमा बेड नभएपछि उनी बेड पाउने आसमा चार वटा अस्पताल धाए तर, कहिँ पनि बेड पाएनन् ।
कानपुरमा रहेको घरबाट कम्बलले फोनमा भने ‘मेरो जिन्दगीको सबै भन्दा दुःख क्षण त्यहि रह्यो । यदि समयमै अस्पतालमा बेडा पाएको भए बा बाँच्नु हुन्थ्यो । तर, पुलिस, स्वास्थ्य प्रशासन या सरकार कसैले पनि हामीलाई सहयोग गरेन ।’
गत वर्ष कोरोना महामारी के शुरू हुँदा यो राज्यमा ८ लखा ५१ हजार ६२० जनामा संक्रमण भएको थियो भने ९ हजार ८३० जनाले ज्यान गुमाएका थिए ।
सरकारी अधिकारीहरुले अझै स्थिती नियंत्रणमै रहेको दावी गरेका छन् । तर, राजधानी लखनऊ, वाराणसी, कानपुर र इलाहाबाद जस्ता अन्य प्रमुख शहरमा जाँच केन्द्रमा अत्याधिक भिड छ । अस्पताबाट फर्किनेहरु उत्तिकै छन् भने शब दाह गृहमा चौबीसै घन्टा लास जलिरहेको छ ।
-
सबै भन्दा ठूलो राज्य
२४ करोड़ जनसंख्या रहेको उत्तर प्रदेश भारतको सबै भन्दा धेरै जनसंख्या भएको राज्य हो । यदि यो छुट्टै देश भएको भए चीन, भारत, अमेरिका र इंडोनेशियापछि विश्वको पाँचौं ठूलो राज्यको रुपमा चिन्थ्यिो । जुन राज्य पाकिस्तान र ब्राजील भन्दा ठूलो छ ।
उत्तर प्रदेश राजनीतिक हिसाबले पनि देशकै सबै भन्दा महत्वपूर्ण राज्य मानिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी, दोस्रो राज्यका हुन् । सबै भन्दा धेरै ८० सांसदल यही राज्यका रहेका छन् । राजनीतिक प्रभाव ज्यादा भएपनि विकासमा भने पछाडी नै छ यो राज्य ।
इस राज्य में अहिलेसम्म १ लाख ९१ अजभार बढीमा कोरोना संक्रमण देखिएको छ । मुख्यमंत्री योगी आदित्यनाथ, उनका क्याबिनेटका केही सहयोगी र दर्जनौ सरकारी अधिकारी संक्रमित छन् ।
कानपुरबाट एक पत्रकारले सार्वजनिक गरेको भिडियोमा सरकारी लाला लाजपत राय अस्पतालको पार्किङमा एक संक्रमित लडिरहेका छन् । केही बेञ्चीमा बसेका छन् अर्का संक्रमित । उनीहरु अस्पतालमा बेडको प्रतिक्षमा छन् । तर, अस्पतालमा बेड खाली छैन ।
सरकारी अस्पताल कांशीरामको बाहिर पट्टि एक युवती रुँदै भन्दैछिन् ‘दुई अस्पतालले उनको बीमार आमालाई भर्ना लिन मानेनन् ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया !