सिरहा । जिल्ला अस्पताल सिरहामा उपचाररत एक महिलामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द गरिएकोे हो ।
सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादवले जानकारी दिए ।

















