काठमाडौं । सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ सशस्त्र प्रहरी बल नेपालको तर्फबाट युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत छैटौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको एक टोलीलाई सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हार्दिक विदाई गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मिशन ईलाकामा शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले सद्भावना दुतको रुपमा रहेर फौजी संस्कार र सामुहिक भावनाकासाथ उच्च व्यावसायिकता प्रदर्शन गरी राष्ट्र, संगठन र नेपालीको नाम उच्च हुने गरी कार्यसम्पादनमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु संयुक्त राष्ट्रसंघीय मिशनमा रहँदा सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने बताउनुहुँदै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट बच्न बिश्वव्यापी रुपमा अपनाईएका मापडण्डको पालना गरी आफु सुरक्षित र सचेत भएर शान्ति सुरक्षा कायम राख्ने कार्यमा कृयाशिल रहन मिशन टोलीलाई निर्देशन दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !