उदयपुर । उदयपुरको रौतामाईस्थित नवज्योति सामुदायिक वनको हिले खोल्सी शिरमा गत शुक्रबार साँझ ६ बजे एक महिलाको वेवारिसे कंकाल फेला प¥यो । स्थानिय घाँस दाउरा काट्नेहरुले उक्त कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै जिल्ल प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलतर्फ लाग्यो ।
जिल्लाको विशेष अनुसन्धान टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान र सोधपुछ पश्चात उक्त मानव कंकाल मुर्कुची, सुकौरा, राजाबास, अधेरी एरियामा मागेर खाने एक महिलाको भएको पुष्टि भयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मानसिक सन्तुलन गुमाएकी अन्दाजी २६–२७ वर्षकी महिलाको उक्त कंकाल थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा स्थानका २४ वर्षे राजु आछामेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार राजुले अनुसन्धानको क्रममा मृतक महिलालाई गत चैत्र ११ गते साँझ ६ बजे उक्त वनमा गइरहेको अवस्थामा तान्दै जबर्जस्ती करणी गरेका थिए ।
त्यसपछि टाउकोमा ढुङ्गाले प्रहार गरी हत्या गरेको राजुले स्वीकारेका छन् । घटनास्थलमा हत्या गर्न प्रयोग भएको ढुङ्गा र निज राजु आछामेको टोपी समेत प्रहरीले फेला पारी बरामद गरेको छ । थप कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !