काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफूसँग परामर्श नै नगरिसंसद अधिवेशनको अन्त्य गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले? उक्त कुरा बताएका हुन् ।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताएका हुन् ।
सामान्यतया संसद अधिवेशन सुरु र अन्त्य गर्दा सरकारले सभामुखसँग परामर्श गर्ने प्रचलन छ । तर, प्रधानमन्त्री ओलीले संसदको बैठक बस्नु एक दिनअगावै अधिवेशन अन्त्य गराएका हुन्। संसद् बैठक मंगलबार बस्ने तय गरिएको थियो। प्रधानमन्त्री ओली सभामुख सापकोटा असन्तुष्ट छन् । शनिबार बसेको सर्वदलीय बैठकमा समेत प्रधानमन्त्री ओलीले सभामुखप्रति निकै असन्तुष्टि जनाएका थिए। ओलीले सभामुखकै कारण अमेरिकी सहयोग कार्यक्रम (एमसीसी) संसदबाट अनुमोदन हुन नसकेको आरोप लगाएका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !