काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले आफूसँग परामर्श नै नगरिसंसद अधिवेशनको अन्त्य गरेको बताएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेबी भण्डारीले अधिवेशन अन्त्यको घोषणा गरेपछि प्रतिक्रिया दिँदै सापकोटाले? उक्त कुरा बताएका हुन् ।
सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले संसद अधिवेशन अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले आफूसँग छलफल नै नगरेको बताएका हुन् ।
