काठमाडौं । सिक्टा सिंचाई आयोजनामा २ अर्ब १३ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिका कन्स्ट्रक्सन र परामर्शदाता कम्पनी इआरएमसीका विरुद्ध २१ मसिर २०७५ मा मुद्दा दायर गरेको थियो । विशेष अदालतमा उक्त मुद्दाको पेशी आजै छ ।
छ । अख्तियारले पूर्वमन्त्री विक्रम पाण्डे, परामर्शदाता कम्पनी इआरएमसीका संचालक उद्धवराज चौलागाई, आयोजना प्रमुख सरोजचन्द्र पण्डितसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । जुन मुद्दाको सुनुवाइ आज हुँदैछ । २५ अर्ब लागतको आयोजनामा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको अभियोग अख्तियारको छ । पाण्डे प्रमुख रहेको ठेकेदार कम्पनी सीटीसीई कालिका कन्स्ट्रक्सन जेभीले गुणस्तरहीन काम गरेका कारण आयोजनाको नहर सञ्चालन नहुँदै ठाउँठाउँमा भत्किएपछि अख्तियारले छानबिन गरेको थियो ।
ठेकेदारले गुणस्तरहीन निर्माण गरेको र कन्सल्टेन्ट उद्धवराज चौलागाईंले सुपरभिजन नै नगरेका कारण आयोजनाको मूल नहर बनाउनासाथ भत्किएको थियो । अख्तियारले कालिका कन्ष्ट्रक्सनका पाण्डे, कन्सलटेन्ट चौलागाई, आयोजना प्रमुख रहेका रमेश बस्नेत, दिलिपबहादुर कार्की सरोजचन्द्र पण्डित र सर्वदेव प्रसादलाई पनि फरकफरक भ्रष्टाचार विगो कायम गर्दै सजायको माग गरेको थियो । अख्तियारले पूर्व मन्त्री पाण्डेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ४ अनुरूप दुई वर्षसम्म कैद विगो वमोजिमको जरिबाना र विगो जफतको माग छ । सरकारले निर्धाण गरेको सर्तनामा, नियम र कार्यविधि उल्लंघन गरी गुणस्तरहीन निर्माण गरेको दाबी छ ।
अख्तियार छानबिनमा मूल नहरको डिजाइनमै त्रुटि भएको तथ्य अख्तियारको छानबिनमा फेलापरेको छ ।
कालिकाले बनाएको सिक्टा सिँचाइ आयोजनाअन्तर्गतको नहरको गुणस्तरहीन निर्माण भएको थियो । नहर परीक्षण क्रममा भत्किएको थियो । राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको मूलनहर ठाउँठाउँमा भत्किएपछि अख्तियारले भ्रष्टाचार ठहर गरी मुद्दा दायर गरेको थियो ।
निर्माणकै क्रममा पनि आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको पाइएको थियो ।
सिक्टा सिंचाईको मुद्दामा आज पेशी छ । तर पेशी भन्दा केही दिनअघिदेखि नै ठेकेदार पाण्डे र कन्सलट्यान्ट चौलागाई मुद्दा आफ्नो पक्षमा हुने भन्दै खुसी साटासाट गर्न थालिसकेका छन् ।
गुणस्तरहीन निर्माण गर्ने कालिका कन्स्ट्रक्सन र सुपरभिजन नै नगर्ने इआरएमसीका सञ्चालक क्रमशः विक्रमबहादुर पाण्डे र उद्धवराज चौलागाईं सफाई पाउनेमा ढुक्क छन् । उनीहरुले मुद्दा आफुले जित्ने निश्चित भएको भन्दै भोजभतेर गर्न थालेका छन् । उक्त मुद्दाको अन्तिम निर्णयको मिति २०७८ वैशाख ६ गते तोकिएको छ । मुद्दा फैसला नहुँदै २ अर्ब १३ करोड भ्रष्टाचारको आरोप लागेका पाण्डे र चौलागाईंले मुद्दा जित्छु भन्दै हिँड्नुले पनि सुशासनलाई चुनौती दिएको छ ।
अख्तियारले मुद्दा दायर गर्ने तर भ्रष्टाचारीले सफाई पाउँदै जाने यो क्रम जारी रहे दण्डहीनता प्रश्रय पाउने र राष्ट्रिय गौरवका आयोजनाहरुको निर्माणमा चुनौती थपिन सक्छ । राष्ट्रिय गौरवको आयोजना सिक्टामा २ अर्ब १३ करोड भ्रष्टाचार गर्ने ठेकेदार पाण्डे, परामर्शदाता चौलागाईं, आयोजनाका प्रमुख सरोज पण्डित, रमेशकुमार बस्नेतहरु माथि कारवाही नहुने हो भने भोलिका दिनमा ठुला आयोजनामा भ्रष्टाचार झन् बढ्नेछ ।
@ २ हजार, ५ हजार घुस लिने कर्मचारीलाई कारबाही गर्ने, गाउँपालिका, नगरपालिकामा साना ठेकेदारले १-२ लाख भ्रष्टाचार गर्दा कारबाही हुने तर ८ अर्ब भ्रष्टाचार गर्नेलाई उन्मुक्ति दिने प्रचलनले सानालाई ऐन, ठूलालाई चैन भन्ने उखान चरितार्थ हुने देखिन्छ । नेपाल फेस
फेसबुकबाट तपाईको प्रतिक्रिया !