काठमाडौं । विदेशबाट आउने कल अवैध रुपमा बाइपास गरेको आरोपमा एक भारतीय नागरिक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतीय राना शाह र रौतहट घर भएका ३३ वर्षीय स्यामुल खानलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोका डिआईजी सहकुल थापाले बताए ।
भारतको पञ्जाब घर भएका ३१ वर्षीय शाहले चन्द्रागिरी नगरपालिका–२ स्थित बसण्डोलमा कोठा भाडामा लिएर भिओआइपी सञ्चालन गरेका थिए । रौतहटका स्यामुल खानले उनलाई नेपाली सिमकार्ड उपलब्ध गराएको डिआइजी थापाले बताए । ब्यूरोले कल बाइपास गर्न प्रयोग गरिने प्राविधिक सामग्री बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !