काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रीपरिषदबैठक बोलाएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान ९ बजे बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्री परिषद बैठक बोलाएको थापाले बताए । मुलुकको राजनीति तरंगित भइरहेका बेला आजको मन्त्रिपरिषद बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

















