झापा । बिनाभिसा नेपाल प्रवेश गर्न लागेका दुई चिनियाँ नागरिक दशगजा क्षेत्रबाट पक्राउ परेका छन्। नेपाल भारतको सीमा पिलर ८७ ४ नम्बर नजिकैबाट झापाको नकलबन्दा प्रवेश गर्न लागेका दुई चिनिया नागरिकलाई दशगजा क्षेत्रबाट भारतीय एसएसबीले शुक्रवार दिउँसो पक्राउ गरेको हो।
चिनिया नागरिकलाई नेपाल प्रवेशमा सहयोग पुर्याउने एक भारतीय नागरिकलाई समेत एसएसबीले पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्ने चिनिया नागरिकको नाम चेन जिफ़ा, डिङ शोउ शेंग र भारतीय नागरिक मोहम्मद हनिफ छन्। उनीहरूलाई एसएसबीको ८ औं बटालियनको मुख्यालय कम्पनी बदामिनीराम जोतको टोलीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !