काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी ओलीको अहंकार र दम्भका कारण उनको गुटका मुखिया यमलाल कँडेलको कर्णाली प्रदेशको मुख्यमन्त्री हुने सपनामा तुषारापात भएको छ । कर्णाली प्रदेशमा माधव नेपाल पक्षका १२ सांसद हुँदाहुँदै यमलाल कँडेलले उनीहरुसँग समन्वय नगरी ८ जनाको भरमा मुख्यमन्त्री हुने सपना देखेका थिए ।
केन्द्रमा माधव नेपाल समूहका सबै निर्वाचित नेताहरुको जिम्मेवारी खोसेर आत्मरतिमा रमाइरहेका प्रधानमन्त्री ओलीकै शैलीमा कँडेल प्रदेशमा १२ जनालाई उपेक्षा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विस्थापन गरी मुख्यमन्त्री हुने दाउमा थिए । यदि प्रकाश ज्वालासहितका बहमुत सासदहरुसँग सरसल्लाह गरी अविश्वास प्रस्ताव दर्ता गरेको भए माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको पक्षमा फलोरक्रस गरी मतदान गर्नुपर्ने अवस्था आउँदैनथ्यो होला ।
कर्णाली प्रदेश सभामा माधव नेपाल पक्ष स्पष्ट बहुमतमा भए पनि कँडेलले उनीहरुलाई कुनै पनि निर्णय प्रक्रियामा सहभागी नगराई एक्लौटी गर्दैआएका थिए । कँडेलको यस्तो ब्यवहारले कर्णाली प्रदेशका बहुमत सांसदहरु रुष्ट थिए । ओलीले एमालेमा बराबर योगदान भएका माधव नेपाल, झलनाथ खनाल, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, भीमबहादुर रावलहरुलाई कारबाही गरी पार्टी कब्जा गर्न खोजेपछि त्यसको असर प्रदेशमा पनि परेकै थियो, त्यसमा कँडेलले बहमुत सांसदसँग सल्लाह नगरी अगाडि बढ्दा उनको मुखमा आएको मुख्यमन्त्री पद गुम्न पुगेको छ ।
ओलीको अहंकार र दम्भले गर्दा कर्णाली प्रदेश मात्र होइन, लुम्बिनी, गण्डकी प्रदेश सरकार पनि संकटमा परेका छन् । क्रमशः बागमती र १ न प्रदेश सरकार समेत संकटमा पर्ने संंकेत देखिन थालेको छ । माधव नेपाल पक्षलाई पेलेर जान खोजे संघीय सरकारमा जनता समाजवादी पार्टी सहभागी भए पनि टिक्ने संभावना क्षीण देखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !