विसुन देव सरदार / सुखिपुर । सिरहा जिल्लाको सुखीपुर नगरपालिका -८ अपाङ्ग विकास केन्द्र कार्यको उपभोक्ता समिति गठन द्वारा आयोजनामा सिलाई कटाई तालिम सञ्चालन भएको छ।
प्रदेश न. २ का प्रदेश सभा सदस्य माननीय नरेश यादव द्वारा उक्त सिलाई कटाई तालिमको समुदघाटन भएको सुखीपुर नगरपालिकाका नेपाली काङ्ग्रेस नेता तथा सुखीपुर नगर सुधार समितिका संयोजक वि . पि भुवन यादवले बताए ।
यो सँगै उक्त सिलाई कटाई तालिम २०७८ बैशाख ३ गतेदेखि २०७८ बैशाख ५ गतेसम्म हुनेछ । दुई दिने सिलाई कटाई तालिम को सहयोग गर्ने माननीय प्रदेश सभा सदस्य नरेश यादवले गर्नु भएको हो ।
समाजमा महिलालाई आर्थिक उन्नति , प्रगति , बेरोजगारी अन्त्य हुने , घर परिवार चलाउन सजिलो हुने जस्ता उदेश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !