काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकारले विकास र समृद्धिको सपना पुरा गर्न लागिपर्ने बताएका छन् । प्रदेशसभाबाट विश्वासको मत पाएसँगै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै शाहीले भने,‘सरकारले विकास र समृद्धिको जुन सपना दिएको छ,त्यसलाई निरन्तरता दिन्छ ।’
उनले आफू नेतृत्वको कर्णाली सरकार पाँच वर्षका लागि भएको पनि बताए । यद्यपी, अहिले राजनीतिक समीकरण बदलिसकेपछि संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएको र त्यो संसदबाट प्राप्त भएको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !