सुर्खेत। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छिन्। एक सार्वजनिक अपिल जारी गर्दै बिहीबार उनले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा माओवादी केन्द्र प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गरेकी हुन् ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उनले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताएकी छिन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !