कंचनपुर । २५ वर्षपछि कञ्चनपुरमा फरार अभियुक्त २ जना पक्राउ परेका छन् । कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले बालिकालाई लगेर भारतमा बेच्ने दई जनालाई २५ वर्षपछि पक्राउ गरेको हो ।
यी फरार अभियुक्तहरुलाई २०५४ सालमा जिल्ला अदालत कञ्चनपुरले ५ वर्षको कैद सजाय सुनाएको थियो । फरार अभियुक्त ०५२ माघ २५ गते १५ वर्षीया बालिकालाई भारतको दिल्लीमा लगेर बेच्ने कार्यमा संलग्न रहेका थीए ।फरारको सूचीमा रहेका २ जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको र अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको छ।

















