पोखरा । गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।
विपक्षी दलले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्री गुरूङले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । नेपाली काँग्रेसको अगुवाइमा माओवादीसहितका दलले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न लागिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !