काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले लकडाउन हुने भनेर गलत हल्ला चलाइएकोप्रति विश्वास नगर्न आग्रह गरेका छन्। बुधबार नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउनबारे गलत हल्ला चलाइएको भन्दै तत्काल सरकार लकडाउन गर्ने अवस्थामा नरहेको स्पष्ट पारे।
कोरोना संक्रमण बढिरहेका बेला सरकारले लकडाउन गर्न थालेको भन्दै चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले अहिले नै लकडाउन गर्ने सोचमा सरकार नरहेको स्पष्ट पारेका हुन्। सिंहदरबारस्थित टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गरेका प्रधानमन्त्री ओलीले आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको टिप्पणी गरे।
फेसबुकबाट तपाईको प्रतिक्रिया !