काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताले पत्याउँछन् ? भन्दै प्रश्न गरेका छन् ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले आन्दोलन ध्वस्त गरेर सरकार ढाल्नका लागि नेपाली कांग्रेससँग गएको बताए । “जनता ठग्नेको नि हद हुन्छ नि । अहिलेसम्म त ठगे, ठगे । अझै पनि तिम्रो कुरा बिक्छ भन्ठानेका छौ ? अझै पनि जनताले पत्याउँछन् भन्ठानेका छौ ?,” उनले प्रश्न गरे ।
सुदृढ बहुमतको सरकार उत्पात मच्चाएर ढाल्न खोजेको आरोप पनि लगाए । सरकार कब्जा गर्न नसकेपछि प्रतिगमन भयो भनेर हिँडेको आरोप उनको थियो । “नामका वामपन्थी, कामका दक्षिणपन्थी । आफ्नै बहुमतको, सुदृढ बहुमतको सरकार उत्पात मच्चाए ढाल्ने ? कब्जा गर्न हिँड्ने । कब्जा हुन सकेन भने प्रतिगमन भयो ?,” उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !