काठमाडौं । मुलुकभर नयाँ वर्षको पहिलो दिन ६०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४ हजार २ सय ८९ जनामा पिसिआर परीक्षण गर्दा ५ सय ८० र एन्टिजेन विधिबाट ४ सय ५१ जनाको परीक्षण गरिएको थियो। जसअनुसार २३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा २ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौंमा १ सय ७३, भक्तपुरमा २० र ललितपुरमा ६१ जनामा पुष्टि भएको छ।
संक्रमणदर बढदै जाँदा अस्पतालको सघन कक्षमा उपचार गराउनेको संख्या बढदै गएको छ। आइसीयुमा ८० र भेन्टीलेटरमा २५ जनाको उपचार भइरहेको छ। २४ घण्टामा १ सय २९ जना संक्रमणमुक्त भएका छन्। गतवर्षको वैशाख १ गते १४ जनामा कोरोना पुष्टि भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !