दाङ । अदालतमा बयान फेर्ने युवतीलाई दाङ जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ । युवतीले बलात्कारको आरोप लगाएर पछि गत चैत २३ गते बसेको जिल्ला न्यायाधीश रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई एक महिना कैद र क्षतिपूर्ति स्वरुप आरोपित तीन युवालाई २५/२५ हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने फैसला गरेको हो ।
घोराही उपमहानगरपालिका तीन युवाले आफूहरुमाथि बलात्कार गरेको भन्दै ती युवती र अर्की एक बालिकाले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले कात्तिक ४ गते आरोपितहरुलाई पक्राउ गरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !