जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले नयाँ वर्षमा मुलुकले राजनीतिक निकास पाउने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष २०७८, जुडशितल र रमजान पर्वको शुभ अवसरमा जनकपुरधाम–१७ कनकपट्टीमा आयोजित क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओली व्यक्तिवादी हुँदा मुलुकमा राजनीतिक अस्थितरता बढेको दावी गर्नुभयो । नयाँ वर्षमा नयाँ उर्जाका साथ प्रदेश र देश अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मुलुकको विकास कार्यलाई प्रभावित गरेको आरोप लगाउनुहुँदै मुख्यमन्त्री राउतले ओलीलाई प्रतिगमनकारी बताउनुभयो । वडा नं. १७ का वडाध्यक्ष परमेश्वर यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जसपा नेपाल प्रदेश २ संसदीय दलका उपनेता रामअशिष यादवले पर्यावरण संरक्षणमा जोड दिनुभयो । पर्यावरणको संरक्षण सबैले गर्नुपर्ने धारणा उहाँको थियो ।






















