कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नयाँ वर्ष २०७८ ले समृद्ध नेपाल निर्माणको अभियानमा सबैलाई थप उत्साह प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले प्रदेश सरकारका सम्पूर्ण प्रयास ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर्ने राष्ट्रिय सङ्कल्प पूरा गर्ने दिशामा लक्षित रहेको उल्लेख गरेका छन् ।
“नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको हार्दिक शुभकामना ब्यक्त गर्दछु”, सन्देशमा उनले भनेका छन् । सन्देशमा उनले राजनीतिक स्थिरता, सुशासन र समृद्धिका लागि निर्वाचनबाट प्राप्त जनादेशअनुसार जनआकाङ्क्षा पूरा गर्न प्रदेश सरकार अथक प्रयासरत रहेको उल्लेख गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !