बैशाख । सिरहाको सखुवानान्कारकट्टि गाउँपालिकाका प्रमुख केदार नाथ यादवले नयाँ वर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । ‘नयाँ वर्ष २०७८ साल आगमनको यस महत्वपूर्ण उपलक्ष्यमा सम्पूर्ण नगरबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, भातृत्व, एकताका साथै सर्वाङ्गीण विकास र प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु,’ शुभकामना सन्देशमा लेखिएको छ ।
चुनावी प्रतिवद्धताहरु पूरा गर्नका लागि यो अन्तिम वर्ष भएको भन्दै अधिकांश प्रतिवद्धता पूरा भएको र बाँकी प्रतिवद्धताहरु यो वर्ष पूरा हुने समेत उहाँले बताउनुभयो । ‘यो नयाँ वर्षले हामीलाई बाँकी प्रतिवद्धताहरु पुरा गर्ने उत्प्रेरणा दिनेछ’ उहाँले उल्लेख गर्नुभएको छ । कोरोना महामारी नयाँ चरणमा प्रवेश गरेको उल्लेख गर्दै उहाँले सबैलाई सजगता अपनाउनका लागि अनुरोध समेत गर्नुभएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !