सिरहा । लागुऔषध कारोबारको ट्रान्जिट प्वाईन्ट बन्दै आएको सिरहामा सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर गण हेडक्वाटर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक ( एसपी ) दिपेन्द्र गिरीले विशेष अभियान चलाएका छन् । र यो अभियानमा एसपी गिरि सफल पनि हुँदै गइरहेको छ ।
सशस्त्र प्रहरीले ६ महिनादेखि आक्रमणका रुपमा बिशेष अभियान चलाएपछि कारोबारीहरु धमाधम सशस्त्र प्रहरीको फन्दामा परेका हुन्।
अभियानकै क्रममा सिरहा जिल्लाको सिरहा गाउँपालिका १ स्थित शिवचोकबाट चैत्र २९ गते सशस्त्र प्रहरी बल नेपालले ७३ वटा डाईलेक्स डिसी नामक लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवा टोल बस्ने २१ वर्षिय काशिन्द्र यादव छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको एसपी दिपेन्द्र गिरिले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !