Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाली सेनाकाे स्टाफ कलेजमा बहस : राष्ट्रिय सुरक्षाका लागि कूटनीतिक चातुर्य र आन्तरिक सुरक्षामा जोड


काठमाडौँ । मुलुकको राष्ट्रिय सुरक्षा प्रवर्द्धनका लागि कूटनीतिक चातुर्य, आर्थिक विकास, सुरक्षा बलको सुदृढीकरण, कानूनी संरचना आलोचनात्मक नागरिक समाज, आकस्मिक तयारीलगायत विषयमा ध्यान दिनुपर्नेमा बुद्धिजीवीहरुले जोड दिनुभएको छ ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेज, शिवपुरी, काठमाडौँका आयोजनामा आज कलेजमा आयोजित ‘सङ्क्रमणकालमा राष्ट्रिय सुरक्षा चुनौतीहरु तथा नेपालका लागि अगाडिको बाटो’ विषयको राष्ट्रिय गोष्ठीमा उहाँहरुले आन्तरिक सुरक्षा, स्वच्छ कर्मचारीतन्त्र, स्वस्थ्य मिडिया तथा शान्तिसेना र अन्य अन्तरराष्ट्रिय संस्थासँगको सहभागितामा जोड दिनुपर्ने सुझाव पनि दिनुभयो ।

राष्ट्रिय सुरक्षामा सेनाका अलावा राजनीतिक, आर्थिक तथा वातावरणका कुरा पनि जोड्नुपर्ने बताउँदै उहाँहरुले सङ्क्रमणकाल अन्त्यका लागि राष्ट्रिय एकता, भ्रष्टाचारको अन्त्य, सामाजिक अन्तरघुलनता तथा राष्ट्रिय सुरक्षा रणनीति र दृष्टिकोण लिनुपर्ने बताउनुभयो ।
आर्थिक सक्षमता, सूचनाको हक, राजनीतिक स्थायित्व एवं व्यावहारिक राष्ट्रिय सुरक्षा नीतिमा जोड दिँदै उहाँहरुले अतिराजनीतीकरण र तटस्थता पनि सही नहुने सुझाव दिनुभयो । बुद्धिजीवीहरुले राष्ट्रिय सुरक्षा विषयमा ज्ञान हासिल गर्नुपर्ने र सुरक्षा विषयमा रहेको कमी औँल्याई सरकार एवं सम्बन्धित निकायलाई सिफारिश गर्नसक्नुपर्ने धारणा पनि उहाँहरुले राख्नुभयो ।
राष्ट्रिय सुरक्षा नीति जस्तो संवेदनशील विषयलाई सार्वजनिक गरी छलफल एवं बहसमा ल्याउनुपर्ने सुझाव उहाँहरुले दिनुभयो । सो अवसरमा अवकाशप्राप्त डिआइजी सुरेन्द्रबहादुर शाहले नेपालको राष्ट्रिय सुरक्षा अवधारणाः चालु सङ्क्रमणमा विशेष जोड, प्रा डा युवराज सङ्ग्रौलाले विद्यमान सुरक्षा चुनौती, जोखिम र चुनौती तथा डा विष्णुराज उप्रेतीले लम्बिँदो सङ्क्रमणको व्यवस्थापन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने अवकाशप्राप्त ब्रिगेडियर जनरल डा केशरबहादुर भण्डारी र सुरेश शर्मा, सशस्त्र प्रहरी बलका अवकाशप्राप्त अतिरिक्त महानिरीक्षक रविराज थापा र अवकाशप्राप्त ब्रिगेडियर जनरल डा उमेशकुमार भट्टराई, डा मनीष थापा र अवकाशप्राप्त ब्रिगेडियर जनरल दिलीप रायमाझीले टिप्पणी गर्नुभएको थियो ।
सहभागी पत्रकार, सैनिक र प्रहरी अधिकृत, परराष्ट्र मन्त्रालयका अधिकृतलगायतले सञ्चार, वैदेशिक नीति, मानव सुरक्षालगायत विषयलाई राष्ट्रिय सुरक्षा नीतिमा स्पष्ट उल्लेख गर्नुपर्ने सुझाव दिनुभएको थियो ।

कार्यक्रममा ब्रिगेडियर जनरल नारायण सिलवाल र अनुपजङ्ग थापा तथा कर्णेल बबी चन्दले सहजीकरण गर्नुभएको थियो । कलेजका शिक्षाध्यक्ष एवं उपरथी हीरालाल जोशीले चुनौतीपूर्ण र जटिल सुरक्षा वातावरणका अवस्थामा यसका सन्दर्भ र परिणामलाई बुझ्नुपर्ने बताउँदै यसबारेमा राजनीतिकर्मी, नीतिनिर्माणकर्ता र नागरिकले पनि राष्ट्रिय सुरक्षा विषयमा ज्ञान लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सङ्क्रमणका समयलाई अवसरका रुपमा लिनुपर्ने र यसबाट सुरक्षा, स्थिरता र समृद्धि हासिल गर्नुपर्ने बताउनुभयो । कलेजका मुख्य शिक्षक विमलराज शर्माले राष्ट्रिय सुरक्षाका विषयको गोष्ठीले सबैलाई सुरक्षा अवधारणाबारे सचेतना दिलाउने विश्वास व्यक्त गर्नुभयो ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्
अन्तर्राष्ट्रिय

इजरायल पुगेर विपिनका आमा र बहिनीले भने– हाम्रो कसैसँग दुश्मनी छैन, विपिनलाई घर पठाइदिनुस्

11 months पहिले
नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता
एमसीसी / अन्तर्राष्ट्रिय सुरक्षा ब्यूरो

नेपालमा एमसीसी परियोजनाले पायो निरन्तरता

11 months पहिले
इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह
अन्तर्राष्ट्रिय आतंकबादी समूह / इसि / अपराध बिशेष

इरानमा पानी अभावपछि कम प्रयोग गर्न नागरिकलाई आग्रह

11 months पहिले
ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह
जनप्रभाबन्युज विशेष

ओडिसा घटनाबारे कूटनीतिक पहल गर्न प्रचण्डको आग्रह

1 year पहिले
लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ
जनप्रभाबन्युज विशेष

लागुऔषध विरुद्ध कठोर बन्दै सिरहा प्रहरी : ब्राउन सुगरसहित तीन जना पक्राउ

1 year पहिले
प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी
जनप्रभाबन्युज विशेष

प्रहरी भन्दै इमेलबाट धम्की, अनुसन्धान गर्दै प्रहरी

1 year पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

4 months पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

4 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

4 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

5 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

6 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

6 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh