कास्की । गत माघ २३ गते पोखराको महतगौडामा पर्वतका मनोज विकमाथि गोली प्रहार गर्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पर्वत मोदी ८ चित्रे घर भई पोखराको कार्की तहरा बस्दै आएका विक माथि गोली प्रहार गरेको आरोपमा प्रहरीले बाराको बरियारपुर ४५ वर्षीय राजकिशोर पाण्डेलाई पक्राउ गरेको हो ।
पाण्डेलाई पोखराको सिम्पानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए । उनी पोखरामा मेटल सम्बन्धी काम गर्दै आएका थिए ।पाण्डेको साथबाट ७.६५ एमएमको ३ राउण्ड गोली, पर्स र एक मोबाइल बरामद गरेको एसपी श्रेष्ठले बताए ।
गाली प्रहारबाट घाइते भएका मनोज करिब १ दशकदेखि पोखरामा इलेक्ट्रिसियनको काम गर्दै आएका थिए । विक माथि गोली प्रहार गरी फरार पाण्डेलाई हुलियाका आधारमा पोखराबाटै पक्राउ गरिएको प्रहरी प्रमुख एसपी श्रेष्ठले बताए ।
घाइते विकले दिएको हुलियाको आधारमा पाण्डेलाई पोखरा आउनासाथ प्रहरीले पक्राउ गरेको उनले बताए । उनले पाण्डे अन्य आपराधिक घटनामा समेत संलग्न भएको आशंकामा थप अनुसन्धान भइरहेको बताए । ‘घटनापछि फरार भएका पाण्डेलाई पुनः पोखरा फर्किएलगत्तै पक्राउ गरेका हौ’ उनले भने । ‘उनको अपराधिक घटनामा संलग्नताका वारेमा प्रहरीले अनुन्धान अगाडि बढाएको छ’ एसपी श्रेष्ठले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !