काठमाडौँ । काठमाडौँको नागढुंगा चेकप्वाईन्टबाटप्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ।
झापा बिर्तामोड निवासी ३३ वर्षीय लखन मुर्मुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
झापाबाट काठमाडौँ आउँदै गरेको बा ७ ख ६३८ नम्बरको बसलाई रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले उनको साथबाट ५ सय एम्पल र लुपिजेसिक बरामद गरेको छ ।
मुर्मुमाथि लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !