लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर – ३ स्थितमा रहेको सप्तऋषि अस्पतालमा एक विरामीको मृत्यू भएपछि उनका आफ्न्तले डाक्टरले लापरबाही गरेको आरोप लगाएको छ ।
सो अस्पतालमा उपचारको क्रममा सिरहाकै सखुवा ननकारकट्टी २ की अन्दाजी ४३ वर्षीया रामरती यादवको मृत्यू भएको हो । पेट दुखेपछि अस्पतालमा भर्ना भएकी उनलाई डाक्टरले औषधी दिने वित्तिकै ज्यान गएको आफ्न्तको भनाई छ ।
डाक्टरको लापरबाहीकै कारण मृत्यू भएको भन्दै उनका आफ्न्तले अस्पतालमा तोडफोड गरेको छ । अवस्था तनावग्रस्त बनेपछि लहान प्रहरी पुगेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !