काठमाडौं । जनता समाजवादी पार्टी जसपाका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको हर्कतबाट देशलाई बचाउन जिम्मेवारपूर्ण ढंगले काम गर्ने बताउनु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष भट्टराईले शुक्रबारबाट नयाँ सरकार गठनका लागि औपचारिक छलफल शुरु भएको बताउनुभयो । उहाँले एउटै पार्टीले ठोस निर्णंय गर्नु भन्दा पनि सबै पार्टीहरुसँग सम्बाद गरेर मात्र निष्कर्ष निकाल्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !