विसुनदेव सरदार / लहान । आज कैयौं वर्ष पहिला देखि महान तथा गौरव शाली पार्टीका इन्जिनियरहरु जितेको छ। तर इन्जिनियरहरुका लागि हैन आफ्नो र आफ्ना पार्टीको लागि धेरै इन्जिनियरहरु त यति सम्म निभाए कि चुनाव जितेर पोष्ट पाए। तर आफ्नो जीतसँगै बसाइँसराइ नै गरेजस्तो देखिन्छ ।
राजधानीको हावामा उडे तर पीडित र फ्रेसर युवा इन्जिनियरहरुको गुनासो सुन्दा कोई पनि भएन्न । आज नेपालमा सबैभन्दा सस्तो कामदारको रुपमा चिनिने इन्जिनियर नै हो । सस्तो मात्र नभएर काम गरेको सुपथ दाम पनि पाउँदैन । यतिसम्म कि ज्यालादारी काम गराउँछन । हजुर नभनेसम्म भोलि देखि तपाईंको सेवा अवधि सकियो भन्ने देखिन्छ ।
इन्जिनियर भनेको जसको पनि बलिको बकरा बन्ने काम मात्र भएको छ।जनप्रतिनिधिले गरेको गलतमा सही लगाउन हैन भन्ने अख्तियारको आँखा इन्जिनियर खोज्छ।उपभोक्त देखि गाउँले सम्म इन्जिनियर नै खोज्छ।
एउटा डाक्टरले चेकजाँच गर्दा कम्तिमा ५००/- पाउँछ तर इन्जिनियरले हप्तौं लगाएर लिइएको रकमको कमिशन चाहिन्छ ।हाम्रो देशको सिष्टम र सिष्टम बनाउने व्यक्ति काम माग्न जाँदा तपाईंको अनुभव कतिसम्म हो भन्ने सोध्छन। कामै नपाए अनुभव कहाँबाट पाउँछन् ठिक्कदार र सरकारले सुपरिवेक्षण र सुपरभाइजरमा इन्जिनियर फिल्डको होस या नहोस मतलब छैन । तर काम गुणस्तर चाहिन्छ त्यो पनि कागजमा ।
