काठमाडौं। काठमाडौंको केशरमहल स्थित होटल आर्य ताराबाट जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको पाँचौ तल्लामा रहेको कोठामा जुवातास खेलिरहेको अवस्थामा दरवारमार्ग वृतबाट खटिएको टोलीले नगद ६ लाख २६ हजारसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथबाट ७ बुक ताससमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रे धुलिखेलका अर्जुन लामा, राजकुमार लामा, रामेछापका कबिन घिसिङ, रणबहादुर तामाङ, रामेछापका कर्म लामा, ओखलढुंगाका हेमबहादुर खत्री, भक्तपुरका श्याम तामाङ, काभ्रेका सुर्य लामा, भुवनसिंह तामाङ समिर तामाङ र धादिङका बासु सिंखडा रहेको प्रहरीले जनाएको छ ।

















