काठमाडौँ । आधा दर्जनभन्दा बढि अपराधीक घटना र गुण्डागर्दीमा संलग्न नुवाकोट लिखु गाँउपालीका वडा नम्बर -३ घर भई हाल काठमाडौंको मनमैजु क्षेत्रमा बस्दै आएका सिताराम पुलामी मगरलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको सामाखुसी, गोंगबु, मनमैजु, नेपालटार लगाएतको क्षेत्रलाई आधार बनाएर लामो समयदेखि गुण्डागर्दीसँगै विभिन्न आपराधीक घटनामा संलग्न पुलामी मगरलाई काठमाडौं प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
आधा दर्जनभन्दा बढी आपराधीक घटनामा संलग्न पुलामीमगर यसअघि काठमाडौंमा खुलेआम आफ्नो धन्दा चलाउदै आएका थिए। काठमाडौं प्रहरी परिसरमा एसएसपी अशोक सिहंको प्रवेशसँगै पुलामीमगर काठमाडौं छाडेर नुवाकोट भागेका थिए। गुण्डागर्दीमा संलग्न सितारामले मनमैजुस्थित लोकतान्त्रीक चोकमा ब्रगरहाउस र नुवाकोट लिखु गाँउपालिका ३ मा इसाई निमार्ण सेवा नामक कम्पनी खोलेर गिट्टी बालुवाको काम गर्दै आएका छन्।
सितारामले सबै क्षेत्रमा सेटिङ मिलाएर खोलाको बालुवा निकाल्ने गरेको पनि पाइएको छ। सितारामले काठमाडौंको सामाखुसी, बालाजु, मनमैजु, टोखा लगाएतका क्षेत्रमा विभिन्न ब्यापारीलाई धम्की दिदै असुली धन्दा चलाएको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।
२०६० साल यता उनलाई प्रहरीले ६ पटक पक्राउ गरी सकेको छ। विभिन्न अपराधमा संलग्न रहेर फरार रहेका सिताराम यसअघि प्रहरीकै संरक्षणमा ब्यापारीलाई धम्काउदै रकम असुली गर्दै आएका थिए।जिल्ला प्रहरी कार्यालय नुवाकोटले सितारामलाई पक्राउ गरेर बझाउन भन्दै काठमाडौं प्रहरीलाई पत्राचार गरेको थियो। पक्राउ परेका सितारामको आवश्यक अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पठाउने तयारी भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !