काठमाडौँ । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गरेको पदकमा नेपालको ‘चुच्चो नक्शान’ नै गायब भएको छ ।
राष्ट्रपति भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएकालाई आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलङ्कार र पदक प्रदान गरेकी हुन् । तर वितरण गरिएको पदकमा भने सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेत समेटिएको नक्शामा रहेको चुच्चो नक्शा नै गायब भएको हो ।
नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ । विभूषित हुनेहरुको सूची गृहमन्त्रालयको वेबसाइटमा समावेश गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !