काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) छाडेर नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीहरुको सांसद पद गुमेको छ । विहीबार (आज) प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरु सांसद नभएको सुनाएसँगै चार मन्त्रीको सांसद पद गुमेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका उक्त मन्त्रीहरु माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका थिए । त्यसोत, गत मंगलबार मात्रै माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी, सहरी विकास मन्त्री प्रभु साह र ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई सांसद पदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !