काठमाडौं । नेपाली काँग्रेसले तीन दलीय बैठक आह्वान गरेकाे छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसहित नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई बैठकका लागि बोलाउनु भएकाे हाे।
नेपाली काँग्रेस स्राेतका अनुसार बैठक शुक्रबार सभापति शेरबहादुर देउवाले निवास बुढानीलकण्ठमा बस्नेगरि बाेलाउनु भएकाे हाे । यसअघिबाटै नेपाली काँग्रेस सहित नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनमा नयाँ सरकार बन्ने चर्चा हुँदै आएको थियो । तर कसल सरकारको नेतृत्व गर्ने भन्नेबारेमा ठोस निर्णय भने हुन सकेको छैन ।
शुक्रबारको बैठकले यसबारे केही निर्णय हुनसक्ने अनुमान गरिएको छ ।
गत चैत २ गते नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठन गर्ने निर्णय गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !