काठमाडाैं । कांग्रेसकी सांसद रंगमति शाहीले संविधान विपरीत सवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएका प्रधानमन्त्रीले महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर ढाँटेको आरोप लगाएकी छन् । प्रतिधिसभाकाे साेमबारकाे बैठककाे शून्य समयमा बाेल्दै सांसद शाहीले नागरिकताजस्ता अति महत्वपूर्ण विधेयकहरू थन्काएर सरकारले संविधान विपरीत संवैधानिक परिषद्को अध्यादेश ल्याएकाे र त्यसकाे विराेध गर्दा महिला हिंसाका विधेयकहरू ल्याउन दिएनन् भनेर अाेलीले ढाँटेकाे बताइन् ।
सांसद शाहीले संसद्काट प्रधानमन्त्री बनेका अाेली संसद र सिंहदरबारमा आउन डराएको समेत बताइन् । “संसदले जन्माएको प्रधानमन्त्री संसद र सिंहदरबारमा आउन डराउनुहुन्छ, बालुवाटार पनि सरकारी निवास हो । अब बालकोट मै गएर राज गर्दा राम्रो होला,” उनले भनिन् ।
प्रधानमन्त्री अाेलीले विकासका नाममा जनतालाई ठग्ने काम गरेकाे उनकाे भनाइ छ । “देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गको नयाँ युवामा प्रवेश गर्याे रे ! मेरो जिल्लाका जनताले एम्बुलेन्स, गाडी के हो देखेका छैनन् । बिरामीले अहिलेसम्म अकालमा ज्यान गुमाउनु परेको छ,” उनले भनिन् ।
अर्काे प्रसंगमा उनले तयार नै नगरी अाेलीले देशका रणनीतिक सडककाे ‘नौटङ्की’ गरेर बालुवाटारबाट उद्घाटन गरेकाे बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !