सप्तरी । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सप्तरीको मंगलवार निरीक्षण गर्नूभएको छ ।
निरीक्षणको क्रममा सप्तरी प्रहरी कार्यालयमा पुग्नुभएका प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु, कार्यालयका विभिन्न शाखा, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुभएको थियो ।
निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै प्रहरी नायव महानिरीक्षक सिंहले देशको परिस्थिति अनुरुप आईपर्न सक्ने जस्तोसुकै आरोह अवरोहहरुलाई समाना गर्न प्रहरी सदैव अग्रपंक्तिमा रहने संगठन भएकाले प्रत्येक प्रहरी कर्मचारी शारीरिक तथा मानसिक रुपमा तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
त्यस्तै प्रहरी सेवा प्रवाहका विषयमा बोल्दै प्रहरी नायव महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवा प्रवाह गर्दा जनतालाई नै केन्द्रविन्दुमा राखी जनगुनासोहरुको सम्बोधन गर्दा उच्च सम्मान र आचरणयुक्त व्यवहार गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !