धनुषा । प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा एकजना पक्राउ परेका छन्। जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै प्रहरीलाई घुस रकम दिन खोजेको आरोपमा धनुषा जिल्लाको सबैला नगरपालिका-२ का ३७ वर्षीय मुकेश पुर्वेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
पुर्वेले ईलाका प्रहरी कार्यालय ढल्केवरका एक प्रहरीलाई जुवातास खेलाउने वातावरण मिलाइदिनु भन्दै १४ हजार रकम घुस दिन खोजेका थिए।
