पर्सा । बिरगंज भन्सार लगायत इनर्वा गाउँ हुँदै प्रती दिन कबाडको तस्करी तिब्र रूपले बढेको छ । नाकाबाट दिनानुदिन तस्करी कार्यमा तिब्रता बढेपनी नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बनेको छ । बिरगंज भन्सार लगायत इनर्वा गाउँ हुँदै प्रती दिन कबाडको तस्करी तिब्र रूपले बढेपनी इमन्दार भनाउदाहरू अहिले मुखदर्शक बन्न पुगेको हो ।
तस्करीको लाइन तमन्ना र सेरूलाई दिइएको छ। तस्करीको लाइन मिलाउने काम इमरानले गर्दै अाएका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले दर्जनौ प्रहरीलाइ सादा पोशाकमा परिचालन गरेपनी मात्र आर्थिक सन्कलनमा लागेको कारण निर्वाध रूपले तस्करीको कार्य सन्चालन भएको स्थानीयहरूले बताएका छन । इनर्वा गाउँ हुँदै रातीको समयमा करीब ३ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको बताए ।
उहाले रातभरी निर्वाध रूपले तस्करीको कार्य हुदा हो-हल्लाका कारण सुत्न समेत नसक्ने बताउनु भयो । तस्करी समयमा प्रहरी गस्तीको नामले खटेपनी मात्र रकम उठाउन गरेको आरोप स्थानीयहरूको रहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिने क्राइम टोलिले आफ्नो वर्दीको आडमा कमाइ खाने भाडो बनाएका छन । शान्ती सुरक्षाको नाममा खटिने प्रहरीहरू हालको समयमा सीमालाई कमाइ खाने भाडो बनाएको छर्लङ्ग समेत भइसकेको छ ।
केही बिचौलिया र केही तस्कर संगठनका मुख्य नाइकेहरू सङ्ग मासिक करीब ३० लाख रूपैया आर्थिक संकलन गरेको प्रहरी श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट क्राइम टोलिको नाममा खटिएका प्रहरी जवान लालबाबु साहले प्रहरी उपरीक्षक एसपी बेलबहादुर पाण्डेले आएपछि करीब ३० लाख रूपैया तस्कर संगठनहरू सङ्ग उठाएको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको क्राइम टोलिले एसपी बेलबहादुर पाण्डेले लगायत प्रहरी नायब उपरीक्षक र क्राइम टोलिको नाममा समेत लाखौ रूपैया सन्कलन गरेको एक जना तस्करले आफ्नो नाम नछाप्ने सर्तमा बताएका छन ।
उनका अनुसार प्रहरी जवान लालबाबु साहले आर्थिक संकलन गरे पश्चात् सम्बन्धीत चौकीहरूमा खबर गर्ने गरेको र त्यस पश्चात् तस्करीको लाइन सुचारू हुने गरेको आफ्नो नाम सम्प्रेषण नगर्ने सर्तमा बताएका छन ।पर्साको ग्रामिण भेगहरूको साथै बिरगंजको इनर्वा नाका हुँदै तस्करी सुचारू भएपनी क्राइम टोलि मौन बस्नुले आर्थिक संकलनको बिषयमा प्रष्ट भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !