काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार १ सय ६५ ओटा सडक शिलान्यास गर्नु भयो । प्रधानमन्त्री ओलीले शिलान्यास गरिएका सडक ३ वर्षभित्र निर्माण सम्पन्न हुने समेत दावी गर्नु भएको छ । तर विज्ञहरुले भने प्रधानमन्त्रीको यो योजनामाथि आशंका व्यक्त गरेका छन् । धेरैले प्र्रधानमन्त्री ओलीको यो महात्वाकांक्षी योजना विना अध्ययन घोषणा गरिएको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिवार शुभारम्भ गर्नु भएको १६५ वटा सडक निर्माणमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् । सडक सञ्जालको गुरुयोजना नै नबनाइ शुभारम्भ गरिएका सडक कति समयमा निर्माण सम्पन्न हुन्छन् भन्ने यकिन नभइकन प्र्रधानमन्त्रीले समय नै तोकेर ३ वर्षमा बन्छ भन्नु विश्वसनीय नभएको पूर्वाधारविद् सूर्यराज आचार्यले बताउनु भयो ।

राष्ट्रिय सडक सञ्जालको विकास नै नबुझी्र राजनीतिक तवरबाट योजना टिपेर श्रोतको दुरुपयोग गरेको उहाँको भनाइ छ । धुलो बाटोमा पिच गर्दैमा सडक निर्माण नहुने पनि आचार्यले बताउनु भयो ।

विस्तृत गुरुयोजना बिना नै सांसदहरुले छानेको योजनाबाट बनेका सडकलाइ राष्ट्रिय राजमार्ग घोषणा गरेर यति उति सडक बनाउछु भनेर शिलान्यास गर्न नहुने तर्क पनि आचार्यको छ ।

